गलकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पीपीई र सेनिटाइजर – Samacharpati Samacharpati गलकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पीपीई र सेनिटाइजर – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गलकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पीपीई र सेनिटाइजर

गलकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पीपीई र सेनिटाइजर

गलकोटमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पीपीई र सेनिटाइजर

थम्मन थापा,  बागलुङ,  १४ चैत । गलकोट नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा पीपीई र सर्जिकल माक्स उपलब्ध गराएको छ ।महामारीको रुपमा फैलिएको कोरोभा भाइरस संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गरी नगरपालिकाले पीपीई र सर्जिकल माक्स उपलब्ध गराएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले काठमाडौबाट १० थान पीपीई लिएकोमा हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र ४ थान उपलब्ध गराइसकेको छ भने अन्य ६ वटा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा सर्जिकल माक्स र सेनिटाइजर प्रयाप्त मात्रामा वितरण गरेको उहाँको भनाई छ ।

उहाँले विभिन्न स्वास्थ्य संस्थाहरुमा ८ सय ५० सेनेटाइजर वितरण गरि सकेको बताउनुभयो । नगरपालिकाले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई प्रयाप्त पुग्ने गरि माक्स सेनिटाइजर वितरण गरेको उहाँको भनाई छ । ‘हामीले गलकोट नगरपालिकाको सबै स्वास्थ्य संस्था र विभिन्न संघ संस्थाहरुमा प्रयाप्त मात्रमा माक्स वितरण गरेका छौँ,’ उहाँले भन्नुभयो ‘स्वास्थ्यकर्मीहरुलाई पनि उहाँहरु सुरक्षित हुने गरि काम गर्ने वातावरण मिलाइरहेका छौँ । ’प्रवक्ता भण्डारीको अनुसार गलकोट नगरपालिकाले १२ वटा क्वारेन्टाइन निर्माण गरेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा कोहि पनि बसेको छैन । नगरपालिकाले चैत महिनामा विदेशबाट आएकाहरु तथ्याङ्क संकलन गरी वडा अध्यक्ष मार्फत होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । विभिन्न देशहरुबाट चैत महिनामा १ सय २८ जना गलकोट भित्रिएको गलकोट नगरपालिकाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका