कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द – Samacharpati Samacharpati कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द

कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द

कोरोना फैलिएपछि साउदी अरबमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द

काठमाडौँ, ४ चैत । कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरकफरक उपाय अपनाएका छन् । साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले चलचित्रहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् । साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउने लगायत बन्द गर्न लगाएको जनाएका छन् ।

यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन् । यसै गरी भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ ।

स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यँही निर्णय लागू हुन जनाएका छन् । श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोनाको संक्रमण पुष्टि भएको छ ।

उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ । न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराए । उाले अहिले धेरै संवेदनशिल भएकाले कोरोनाको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका