यूएईमा रहेका दुई नेपालीमा पनि देखा पर्याे कोरोना भाइरस – Samacharpati Samacharpati यूएईमा रहेका दुई नेपालीमा पनि देखा पर्याे कोरोना भाइरस – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • यूएईमा रहेका दुई नेपालीमा पनि देखा पर्याे कोरोना भाइरस

यूएईमा रहेका दुई नेपालीमा पनि देखा पर्याे कोरोना भाइरस

यूएईमा रहेका दुई नेपालीमा पनि देखा पर्याे  कोरोना भाइरस

काठमाडौँ, २७ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । विश्वभर आतंक मच्चाउँदै आएको कोरोना भाइरसको संक्रमणमा यूएईमा रहेका दुई नेपालीमा पनि देखा परेको हो ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको छ । १४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको हो ।

जसमा दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । विश्वभरबाट कोरोनाका कारण ३६ बढीले ज्यान गुमाइ सकेका छन् । सङ्क्रमितहरुलाई उच्च निगरानीमा राखिएको द नेशनल यूएई ले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका