सचिन रानाभाट, पोखरा, २० फागुन । “रुपातालवेसी फागु महोत्सव जाऔं, संस्कृति, पर्यटन, जैविक बिबिधता र रुपातालको संरक्षण गरौं” भन्ने नाराका साथ दशौं संस्करणको महोत्सव रुपा तालवेसी फागु महोत्सव हुने भएको छ। स्थानीय सप्तरंगी क्लवको आयोजनामा रुपातालको किनारमा रुपा गाउँपालिका र पोखरा महानगरपालिकाको सिमानामा पर्ने तालवेसीमा महोत्सव गर्न लागेको मुल संयोजक तथा क्लवका अध्यक्ष कुवेरजंग गुरुङले जानकारी दिएका छन्।
फागु पुर्णिमालाई मनाउन दशौं संस्करणको महोत्सव यहि फागुन २४ गते देखि २६ गते सम्म हुन लागेको हो। विगतका वर्षहरु जस्तै यस वर्षको फागु पुर्णिमालाई ग्रामीण परिवेशमा उल्लासमय रुपमा मनाउनका लागि मेलाको आयोजना गरिएको हो। रुपा देखि पोखरा सम्मका दर्शक हरु होलि खेल्दै यहाँ सम्म आएर रमाएको हाम्रो अनुभव छ गुरुङले वताए।
मेलाको मुख्य आकर्षणमा भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झांकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्वारा लोकदोहोरी, चुड्का, हास्यब्यङ्य, सांझमा पप कन्सर्ट तथा कृषि, रुपतालका माछा प्रदर्शनी रहने क्लबका सचिब सन्तोष खड्काले वताएका छन् । भलिबल प्रतियोगिताको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनल पुग्ने टिमले ५ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, वेस्ट स्पाईकर तथा म्यान अफ द म्याचको उपाधी समेत रहेको आयोजकले वताएको छ।
स्वर्गीय गंगा वहादुर गुरुङको स्मृतिमा हुने छेलो प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिताको विजेताले जनही रु ५ र५ हजार र उपविजेताले जनही रु ३र ३ हजार प्राप्त गर्नेछन्।त्यस्तै झांकी प्रदर्शनीमा प्रथम हुनेले ५ हजार, दोश्रो हुनेले ३ हजार तथा सहभागी पुरस्कार रु १र१ हजार प्राप्त गर्नेछन्।निस्शुल्क प्रवेश रहने महोत्सवमा करिव २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवका सल्लाहकार चित्र वहादुर गुरुङले जानकारी दिए।