प्रचण्डलाई जुत्ता प्रहार गर्ने २२ वर्षिय युवक प्रकाउ – Samacharpati Samacharpati प्रचण्डलाई जुत्ता प्रहार गर्ने २२ वर्षिय युवक प्रकाउ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • प्रचण्डलाई जुत्ता प्रहार गर्ने २२ वर्षिय युवक प्रकाउ

प्रचण्डलाई जुत्ता प्रहार गर्ने २२ वर्षिय युवक प्रकाउ

प्रचण्डलाई जुत्ता प्रहार गर्ने २२ वर्षिय युवक प्रकाउ

सुशीलराज वाग्ले, काठमाडौँ, १९ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षिय युवक रतन तिरूवालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरूवाले जुत्ता प्रहार गरेका थिए।

प्रचण्डलाई जुत्ताले लागेको थिएन । प्रचण्ड कार्यक्रमका प्रमुख अतिथि थिए । आफ्नो सम्बोधन सकेर आफ्नो आसन तर्फ आउदै गर्दा दर्शकदिर्घबाट जुत्ता प्रहार भएको थियो ।

जुत्ता मन्च सम्म आईपुगेको थिएन । पक्राउ परेका तिरुको पृष्ठभुमि अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका