पोखरा लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ – Samacharpati Samacharpati पोखरा लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • पोखरा लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ

पोखरा लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ

पोखरा लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकासका लागि महायज्ञ

पोखरा, १८ फागुन । पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गिण विकास एवम् धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु गरिएको छ । महायज्ञको पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गर्नुभएकाे थि ।

अधिकारीले शान्ति र मेलमिलाप बिना समाज अघि बढ्न नसक्ने बताउँदै अहङकार, लोभ, इष्या जस्ता कुरा त्याग्नु पर्ने बताउनुभयो ।
संस्कृति र धर्मको रक्षाका लागि यस किसिमका महायज्ञले महत्वपूर्ण योगदान गर्ने बताउँदै उहाँले विश्वमा नै धर्मको अविष्कार गर्ने देशका साथै वेद, उपनिषद् जस्ता धार्मिक ग्रन्थको रचना भएको राष्ट्र नेपाल भएको उल्लेखगर्नुभएकाे थियाे ।

यस क्षेत्रको अध्ययन अनुसन्धानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दैै उहाँले महायज्ञको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा महायज्ञ मूल समारोहका संरक्षक एवम् पिठाधिश मुकुन्दशरण उपाध्याय, संस्थाका महायज्ञ मुल आयोजक समितिका अध्यक्ष गणेश खत्री, राधाकृष्ण मन्दिर देवघाटका पिठाधिश हरिशरण उपाध्याय, ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. नारयणप्रसाद अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, प्रमुख कथा वाचक पं राधाशरण काफ्ले, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय गगनगौडा शाखाका चन्द्रिका दिज्यु, उज्जल आमा समुहकी अध्यक्ष रजनीलामिछाने, राधाकृष्ण सांस्कृतिक भजन समुहका सचिव सन्जय ढकाल, महायज्ञका सल्लाहकार मोति गिरी लगायतले महायज्ञको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पं राधाशरण काफ्लेको प्रमुख वाचकत्वमा आगामी फागुन २४ गतेसम्म चल्ने महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गीता पाठका साथै हवन गरीने आयोजकले जनाएको छ । कार्यक्रम अनुसार बिहान ६.०० बजेदेखि भगवत् पूजन र आरती, पाठ पारायण प्रारम्भ गरिने छ । त्यस्तै बिहान ११.०० बजेदेखि बेलुका ५.०० बजेसम्म भगवत लिला र झाँकी सहित कथा प्रवचन र साँझ ६.०० बजेदेखि भजनकृतन सहित आरती र भागवत् महात्म्य कथा प्रवचन हुने जनाइएको छ ।

महायज्ञलाई सफल बनाउन सहयोगी संस्था सरकारी तथा गैरसरकारी संस्था, लायन्स क्लव, आमा समूह, यूवा क्लब, उद्योगी, व्यवसायी, वित्तिय संस्था,शैक्षिक संस्था तथा सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई मन, बचन र कर्मले सहयोग गर्नका लागि अनुरोध गरीएको छ ।
महायज्ञको सफलताका लागि १००८ सदस्यीय मूल समारोह समिति र विभिन्न २८ उप–समिति समेत गठन गरिएको छ । महायज्ञबाट न्युनतम एक करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

राधाकृष्ण मन्दिर तथा शान्ति आश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ यस परिसरमा अन्य देवी देवताका
मन्दिर, यज्ञशाला, गौशाला, संस्कृत विद्यालय, वृद्धाश्रम, अतिथि भवन, संस्कृत विद्यालय भवन, फोहोरा सहितको पानीपोखरी, बहुउद्देश्यीय भवन, आयुर्रवेद चिकित्सालय,आध्यात्मिक चिन्तन भवन, भजन कृतन भवन, योगसाधना भवन, फलफूलोद्यान,पार्क व्यवस्थित बाटो लगायतको निर्माण गरिने जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका