नेपालले अमेरिकालाई ३५ रनमा अलआउट – Samacharpati Samacharpati नेपालले अमेरिकालाई ३५ रनमा अलआउट – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • नेपालले अमेरिकालाई ३५ रनमा अलआउट

नेपालले अमेरिकालाई ३५ रनमा अलआउट

नेपालले अमेरिकालाई ३५ रनमा अलआउट

काठमान्डाैँ,  २९ माघ । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका