पाउँदुर शिवमहापुराण महायज्ञ भेटघाटको माध्ययम बन्दै – Samacharpati Samacharpati पाउँदुर शिवमहापुराण महायज्ञ भेटघाटको माध्ययम बन्दै – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • पाउँदुर शिवमहापुराण महायज्ञ भेटघाटको माध्ययम बन्दै

पाउँदुर शिवमहापुराण महायज्ञ भेटघाटको माध्ययम बन्दै

पाउँदुर शिवमहापुराण महायज्ञ भेटघाटको माध्ययम बन्दै

श्रीभद्र पौडेल, हेमजा, १३ माघ।अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ त्यस क्षेत्रका वासिन्दाको भेटघाटको माध्ययम बनेको छ। अन्य समयमा विरलै भेटिने वडावासी यहि माघ १० गतेदेखि जारी यज्ञमा दिनहुँ जसो भेट भएका छन् ।

विशेष गरी जेष्ठ नागरिक, महिला तथा कामको शिलसिलामा वडा बाहिर रहेका युवा भेटघाट भई आपसी कुराकानी तथा यज्ञमा सहभागि भइरहेका देखिन्छन् ।

यज्ञमा सोमवारसम्म नगद रु.२३ लाख १५ हजार ३ सय १५ दान संकलन भएको छ । त्यस्तै २५ मुरी धान तथा करिव १० मुरी चामल पनि संकलन भएको जनाइएको छ ।

जसमध्ये हालसम्मकै सबैभन्दा धेरै सोमवार अन्नपूर्ण ३ हाल पोखरा वैदाम निवासी होटल वाराहीका संचालक हरिप्रसाद पौडेलको परिवारले रु. ३ लाख ५ हजार ५ दान गरेको छ ।

त्यस्तै यज्ञका अध्यक्ष रामचन्द्र पौडलको परिवारबाट रु.१ लाख १५ हजार ५ सय ५५, मराउँचे निवासी मायादेवी पौडेलको परिवारले १ लाख १५ हजार ५ सय १५ दान सहयोग गरेका छन्।

त्यसैगरी उवाउनेघरका टीकाराम पौडेल (मदन)को परिवारले ५१ हजार १ सय ५१, रानीथोक स्थित समाज सुधार आमा समूहबाट २६ हजार ६ सय ६६, मुलाछरेका छविलाल पौडेलको परिवारले २५ हजार ६ सय २५, पाउँदुर घुम्ती स्थित सृष्टि आमा समूह तथा पाउँदुरकोट स्थित सिर्जना आमा समूहबाट समान २५ हजार १ सय २५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्।

यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् । यहि माघ १८ गतेसम्म यज्ञ जारी रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका