पोखरा ८ कृष्ण प्रणामी मन्दिरमा गुरु रोहितराजलाई भब्य स्वागत तथा विदाई कार्यक्रम – Samacharpati Samacharpati पोखरा ८ कृष्ण प्रणामी मन्दिरमा गुरु रोहितराजलाई भब्य स्वागत तथा विदाई कार्यक्रम – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पोखरा ८ कृष्ण प्रणामी मन्दिरमा गुरु रोहितराजलाई भब्य स्वागत तथा विदाई कार्यक्रम

पोखरा ८ कृष्ण प्रणामी मन्दिरमा गुरु रोहितराजलाई भब्य स्वागत तथा विदाई कार्यक्रम

पोखरा ८ कृष्ण प्रणामी मन्दिरमा गुरु रोहितराजलाई भब्य स्वागत तथा विदाई कार्यक्रम

कास्की , १३ माघ । पोखरा ८ रत्नचोकमा अवस्थित श्री कृष्ण प्रणामी मन्दिरमा अन्तराष्ट्रिय ख्याती प्राप्त भागवत चाचर्ज श्री रोहितराज महाराजज्यू सिकिम्मबाट पोखरा पाल्नुभएको शुभ अवसरमा महाराज श्री गुरुजीलाई भब्य स्वागत र सम्मान सहित बिदाई गरिएको छ ।

पोखरा ८ रत्नचोकमा मा रहेको धार्मिक स्थल श्रीकृष्ण प्रणामीमा मन्दिर सञ्चालक समितिका अध्यक्ष लिलाम्बर सापकोटाको अध्यक्षतामा सम्मान तथा बिदाई कार्यक्रममा चिउली पार्चे तमु समाजका प्रमुख सल्लाहकार प्रथम अक्षयकोषदाता समाजिक व्यक्तित्व सामुदायिक प्रहरीका मानार्थ सदस्य, वरिष्ठ समाजसेवी तथा दर्जनौ संघ संस्थामा रहि महत्वपूर्ण कार्य गदै आउनुभएका डब्लु्. ओ. टु. गम बहादुर गुरुङले महाराज गुरुजीलाई भब्य स्वागत तथा बिदाई गर्नुभएको थियो ।

सोही कार्यक्रममा वहाँकी धर्मपत्नी तिलकुमारी गुरुङ , चिउली पार्चे तमु समाजका अध्यक्ष सु. रण बहादुर गुरुङ, चिउली पार्चे तमु समाज आमा समुहकी अध्यक्ष पदम सुब्बा गुरुङ,लगायत सिक्लेश बाट पोखरा आई बसोबास गर्ने चिउली पार्चे तमु समाजमा आवद्ध सम्पूर्ण आमा समुहका पदाधिकारीहरु,मन्दिरका पुजारी,समितिका पदाधिकारीहरुलगायत धार्मिक व्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा तिलकुमारी गुरुङले र चिउली पार्चे आमा समुहकी अध्यक्ष पदम सुब्बा गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा दानबिर तथा बरिष्ठ समाजसेवी डब्लु ओ टु गम बहादुर गुरुङले महाराज गुरुजी सँगको भेटघाट गर्ने सुनौलो अवसर प्राप्त भएकोमा उहाँप्रति हृदयदेखी कृतज्ञता प्रकट गर्नुभएको थियो । भेटघाट तथा स्वागत र बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै समाजसेवी गम बहादुर गुरुङले पोखरामा अन्तराष्ट्रिय ध्यानकेन्द्र स्थापना गर्ने सोच रहेको समेत महाराज जीलाई जानकारी गराउनुभएको थियो । बिभिन्न महत्वपूर्ण कार्यमा सहयोग प्रदान गदै आउनुभएका दानबीर गम बहादुर गुरुङले कार्यक्रमका बिच आफ्नी आमा देउ कुमारी गुरुङको स्मृतिमा रु १,५१,५५५÷– रुपैया धर्मपत्नी तिल कुमारी गुरुङ समेतको उपस्थितीमा हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी मन्दिरमारहेका जेष्ठ नागरीक आमा बुवाहरुलाई जाडोका लागि कम्मल र आर्थिक सहयोग समेत प्रदान गर्नुभएको थियो । अक्षयकोषदाता गम बहादुर गुरुङले सिकिम्म बाट पोखरापाल्नुभएका महाराज गुरुजी लगायतको टोलीलाई आवत–जावतको उचित ब्यवस्था मिलाई पोखरामा धार्मिक स्थलमा माया प्रेम सद्भाव र निरन्तर दर्शनभेटको अवसर जुटाउन बिशेष पहल गर्नुभएको थियो । वहाँको निरन्तर सम्वाद र समन्वयबाट आफु पोखरा आएको गुरुजीलेखुलेर गम बहादुर गुरुङ प्रतिको आस्थालाई प्रशंसा गर्नुभएको थियो ।

यसै कार्यक्रममा सिकिमबाट गुरुजी सँग आउनुभएका मिलन सिलवालले मन्दिरका लागि रु भारतिय बिसहजार रुपैया त्यसैगरी स्मृति पुस्तकालय संरक्षक दिलमाया अछामी र निजकी श्रीमती विजया अछामीलेआफ्नो २३ औ बिवाह गाठको अवसरमा पाँच हजार रुपैया मन्दिरका लागि हस्तान्तरण गर्नुभएको थियो । अन्य कार्यक्रमा सहभागी भक्तजनहरुले पनि गुरु सँग आर्शिवाद लिदै मन्दिरको लागि सक्दो सहयोग रकम प्रदान गरेका थिए । स्वागत तथा बिदाई कार्यक्रमको सञ्चालन समाजिक व्यक्तित्व मोती प्रसाद गिरीले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका