तालामाराङ बजारमा आगलागी–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७

तालामाराङ बजारमा आगलागी

तालामाराङ बजारमा आगलागी
मेलम्ची, ६ माघ । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताउनुभएको छ ।
ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिनुभयो ।
आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका