राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न – Samacharpati Samacharpati राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न

राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न

राष्ट्रिय मार्शल आर्टस हाप्किडो संघको दुईदिने रेफ्री सेमिनार सम्पन्न

मीना थापा, रोशनी गुरुङ   पाेखरा,  ५ माघ । आगामी माघ ११ र १२ गते पोखरामा आयोजना हुने नेपाल मार्शल आर्टस हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको पुर्व सन्ध्यामा आयोजना गरिएको दुई दिने रेफ्री सेमिनार आज पोखरामा सम्पन्न भएको छ ।

संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रिय समितिको सहयोगमा भएको सेमिनार पोखरा महानगरपालिका वडा नं. १४ को वडा भवनमा सम्पन्न भएको हो ।

सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरु सहभागि भएको संघका कास्की जिल्ला अध्यक्ष मदनकुमार जिसीले जानकारी दिनुभयो । रेफ्रीहरुलाई प्रशिक्षक द्धय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल मार्शल आर्टस हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकहरुको सहभागिता रहने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

माघ ११ गते विहान ११ बजे भव्य झाँकी सहितको रयालीले नगर परिक्रमा गरेपछि पोखरा रंगशालाको कभडहलमा सेमिनारको उद्घाटन हुने छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका