कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय

कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय

कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय

काठमाडौँ, २६ जेठ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७औ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । (रासस)

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका