ग्रीसका आप्रवासी शरणार्थीको राम्रो बासस्थानकाे माग – Samacharpati Samacharpati ग्रीसका आप्रवासी शरणार्थीको राम्रो बासस्थानकाे माग – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • ग्रीसका आप्रवासी शरणार्थीको राम्रो बासस्थानकाे माग

ग्रीसका आप्रवासी शरणार्थीको राम्रो बासस्थानकाे माग

ग्रीसका आप्रवासी शरणार्थीको राम्रो बासस्थानकाे माग
एथेन्स, ५ माघ । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् । व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा रहेका शरणार्थीहरुले माग गरेका समाचार संस्था एएनएले जनाएको छ । ग्रीसमा विशेषगरी अफ्रिकाबाट शरणार्थीका रूपमा युरोप पुगेका नागरिकहरु शिविरमा बस्दै आएका छन् । ती आप्रवासीहरूले आफूहरुलाई खान र बस्नका लागि राम्रो व्यवस्थाको माग गरेका छन् ।
सामोसमा ग्रीस भएर युरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएको बताइएको छ । ग्रीसमा विभिन्न युरोपेली देशका नागरिकहरु टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् । सामोस शिविरमा क्षमताभन्दा बढी शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै आएका छन् । उनीहरुले केही समयअघि त्यहाँको सरकारका विरुद्धमा आन्दोलन पनि गरेका थिए ।
ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरेर उनीहरुलाई राख्न निर्देशन दिएको थियो । तर पनि सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।
नगर प्रमुखका अनुसार शरणार्थीले त्यहाँको भूमि ओगटेकाले उक्त क्षेत्र छोड्नुपर्ने जानकारी दिनुभयो । शरणार्थीको एक समूहले यहाँ क्षति समेत पुर्याएकोले उनीहरुलाई हटाउनुपर्ने बताएका छन् । युरोप छिर्न आप्रवासीहरूले सामोसलगायतका ग्रीसका नाकाहरू प्रयोग गर्ने गरेका छन् ।
राष्ट्रसङ्घ शरणार्थी नियोगले ग्रीसको बाटो युरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही वर्षमा कमी आएको भए पनि यस वर्ष समूद्रको बाटो भएर ५५ हजार र टर्की हुँदै जमीनको बाटोबाट १४ हजार शरणार्थी ग्रीस पुगेको तथ्याङ्क छ । अधिकारकर्मी एवम् त्यहाँ रहेका चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । त्यसैगरी सो शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण पनि गर्ने गरिएको आरोप पनि लागेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका