सौन्द्रर्यको खानी अर्जुन डाँडा सुजन न्यौपाने गुल्मी – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • सौन्द्रर्यको खानी अर्जुन डाँडा सुजन न्यौपाने गुल्मी

सौन्द्रर्यको खानी अर्जुन डाँडा सुजन न्यौपाने गुल्मी

सौन्द्रर्यको खानी अर्जुन डाँडा सुजन न्यौपाने गुल्मी

२६ जेठ । करिब २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडा मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व हुँदा–हुँदै पनिप्रचार–प्रसारको अभावले छाँयामा पर्दै आइरहेको छ । पाँच पाण्डवमध्येका अर्जुनको आगमनले यस डाँडाको नाम अर्जुन डाँडा राखिएको जनविश्वासमा पाईन्छ । अर्जुनले यही डाँडामा बसेर गीताको तत्व ज्ञान लिएको र शिवजीले ध्यान गर्ने गरेको किम्बदन्ती रहेकोछ ।

यही मान्यताका आधारमा हजारौं वर्षदेखि पूजा गर्ने प्रचलन रहेको छ । यस ठाँउमा आएर स्वच्छ हृदयले मागेको वरदान पुग्ने जनविश्वास भएकाले पूजा गर्ने र बली चढाउने गरिन्छ । अर्जुन डाँडामा ऐतिहासिक मन्दिर मात्रै नभई , झण्डै १ सय मिटर लम्बाईको गुफा पनि छ । यस अर्जुन डाँडा बाट गुल्मी, अर्घाखाँची, प्यूठान, बागलङ, स्याङजा, पाल्पासमेतका जिल्लाहरु का मनमोहक द्रर्शय हरु समेत देखिन्छ ।
हेर्नुहोस भिडियोमा

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका