युनिप्सद्धारा विभिन्न प्रतियोगिता सम्पन्न – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • युनिप्सद्धारा विभिन्न प्रतियोगिता सम्पन्न

युनिप्सद्धारा विभिन्न प्रतियोगिता सम्पन्न

युनिप्सद्धारा विभिन्न प्रतियोगिता सम्पन्न

पोखरा, २६ जेठ । विद्यालयहरुको छाता संगठन ( युनिप्स् ) नेपालले विद्यार्थीहरुको लागि विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ । युनिप्सले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि उक्त प्रतियोगिताहरु आयोजना गरेको हो ।युनिप्सले आयोजना गरेको अग्रेजी निबन्ध लेखन प्रतियोगितामा श्री सत्य साई विद्यालयका सविना श्रेष्ठ प्रथम भकी छिन्। प्रतियोगितामा गण्डकी एजुकेसन फाउण्डेसनका सविना पोखरेल द्धितिय, पिनाकल एकेडेमीका प्रजीत राई तृतीय र कालिका ईङग्लिस् स्कुलका सरद भण्डारी सान्त्वना हुन सफल भएका छन् ।

यस्तै नेपाली निबन्ध प्रतियोगीतामा श्री सत्य साई विद्यालयकै शुभेच्छा नेपाल प्रथम, स्माइल हेभन एकेडेमीका प्रतिक बस्नेत द्धितिय, होली एन्जल इङग्लिसस्कुलका ख्रिष्टिना भुसाल तृतीय र माउण्ट हेभन इङग्लिस स्कुलका मरियम ए.सी. सान्त्वना हुन सफल भएका छन् । यता चित्रकला प्रतियोगितामा वेलनन् एकेडेमीका प्रनिसा क्वँर प्रथम, एकता एकेडेमीका सलिना थापा द्धितिय, श्री सत्य साई विद्यालयका मिलन राई तृतीय, पिनाकल एकेडेमीका रोमीक गुरुङ सान्त्वना भएका छन् । विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि शिक्षा विभाग निर्देशनालय हेटौडाका शाखा अधिकृत कविसागर घिमिरेले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा शुभकामना सन्देश युनिप्सका सल्लाहकार थमप्रसाद पौडेल र कार्यक्रमको उद्देश्यमाथि प्रकाश कार्यक्रम संयोजक विनोदकुमार नेपालीले गरेका थिए । युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युनिप्स नेपाल केन्द्रिय महासचिव सन्तोष तिवारीले गरेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका