चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
भरतपुर, २ माघ । ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका