धुव्रताराको साधारणसभा सम्पन्न, जग्गा दान गर्ने पौडेल परिवार सम्मानित – Samacharpati Samacharpati धुव्रताराको साधारणसभा सम्पन्न, जग्गा दान गर्ने पौडेल परिवार सम्मानित – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • धुव्रताराको साधारणसभा सम्पन्न, जग्गा दान गर्ने पौडेल परिवार सम्मानित

धुव्रताराको साधारणसभा सम्पन्न, जग्गा दान गर्ने पौडेल परिवार सम्मानित

धुव्रताराको साधारणसभा सम्पन्न, जग्गा दान गर्ने पौडेल परिवार सम्मानित

पोखरा, २० पुस । पोखरा महानगरपालिका–२२ भ्यू पोइन्टमा रहेको धुव्रतारा आमा समुहको छैटौँ साधारणसभा तथा २३ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार समुहको आफ्नै भवनमा सो कार्यक्रम सम्पन्न भएको थियाे ।

अधिवेशनले हालको ११ सदस्यीय कार्यसमितिमा नयाँ सदस्य थप गरेर १३ सदस्यीय बनाएको छ । आमा समुहकी अध्यक्ष होमकुमारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष मित्रलाल बरालले आफ्नो क्षेत्रका विकासका लागि महिलाहरु एकजुट भएको देख्दा खुसी लागेको बताए । उनले आफ्नो कार्यकालमा महिला सशक्तिकरणलाई प्राथमिकता दिएको बताउँदै त्यसलाई निरन्तरता दिने प्रष्टाएका थिए ।

सोही कार्यक्रममा समुहको भवन बनाउनका लागि जग्गा दान गर्ने संस्थापक अध्यक्ष स्व. कौशिला पौडेलको परिवारलाई सम्मान गरिएको थियो । जग्गा दान गर्ने पौडेलका छोरा÷बुहारी क्रमश अध्यक्ष होमकुमारी पौडेल, युवराज पौडेल, यामलाल पौडेल, लक्ष्मी पौडेल, गिरधारी पौडेल र सरस्वती पौडेललाई जग्गा दान गरेबापत सम्मान गरिएको हो ।

सो परिवारले भवन निर्माणका लागि ४ आना जग्गा दान गरेको थियो । शनिबार नै जग्गाको लालपुर्जा आमा समुहलाई हस्तानतरण गरिएको छ । समुहलाई लामो समय देखि सहयोग गर्दै आएका उद्योगपति चन्द्रकान्त बराल, क्या. ओमकुमारी गुरुङ र नेत्रप्रसाद बराललाई सम्मान गरिएको थियो । यस्तै ज्येष्ठ नागरिक र विदेशी नागरिक पिटर, एन्डी, लिजा, जस्मिनलाई पनि सम्मान गरिएको अध्यक्ष पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा कोषाध्यक्ष यशोधा बरालले वर्षभरको आय–व्यय सार्वजनिक गरेकी थिइन् । सचिव कमला बरालले संचालन गरेको कार्यक्रममा वडा सदस्य मात्रिका बराल, युवराज बराललगायतले शुभकामना मन्त्ब्य राखेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका