सहमतिको आधारमा पार्टी सञ्चालन : सभापति देउवा – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • सहमतिको आधारमा पार्टी सञ्चालन : सभापति देउवा

सहमतिको आधारमा पार्टी सञ्चालन : सभापति देउवा

सहमतिको आधारमा पार्टी सञ्चालन : सभापति देउवा
विराटनगर, १६ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पार्नुभयो ।
सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको छ भन्नुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका