समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

पोखरा, ११ पुस । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्धारा आयोजित २१ औं महिला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्फ जोडिनु पर्ने बताउनुभयो । मानवीय सेवामा समर्पित रेडक्रसले महिलालाई सहभागिता गराउँदै नेतृत्व विकासमा समेत जोड दिंदै आएको उल्लेख गर्दै उहाँले महिलाहरु घर भन्दा बाहिर निस्केर समाजका विपन्न एवम् असहायको सहारा बन्नु पर्नेमा जोड दिनुभएकाे थियाे ।

मुलुकका तीनवटै सरकारले महिला सशक्तिकरणका लागि विनियोजित रकमका बारेमा महिलाहरु सचेत हुनु पर्नेमा जोड दिदै उपभामुख शर्माले महिलाहरु समाजका विपन्न एवम् असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापतिव्दय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिलाहरु अरक्षणमा नभई क्षमता विकास गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले बिभिन्न विकास निर्माणका साथै रक्तदान, एम्वुलेन्स सेवा जस्ता मानवीय सेवालाई बिशेष महत्व दिंदै आएको जानकारी दिनुभएकाे थियाे।

दुई दिने सो गोष्ठीमा शाखा अन्तर्गतका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाको सहभागिता रहेको लैङ्गिक तथा समावेशीकरण समिति कास्कीका संयोजक एवम् संस्थाका उपमन्त्री उर्मिला खड्काले बताउनुभयो । कार्यक्रम पहिलो दिन मोहनसिं खड्का र श्रीराम तिमिल्सिना तथा दोश्रो दिन उर्मिला खड्का र खेमराज सापकोटाले उक्त बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताउँदै उहाँले रेडक्रस सोसाईटीमा महिलाको संख्या बढाउन गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मिना गुरुङ, प्रभा अर्याल लगायतले तालीमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभएकाे थियाे।

हरि बाँस्तोला

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका