शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश – Samacharpati Samacharpati शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

काठमाडौँ, ४ पुस । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गर्नुभएको हो ।

जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गर्नुभएका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत हुनुहुन्छ । सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्नुहुने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका