झापामा बसको ठक्करबाट एक जनाको मृत्यु – Samacharpati Samacharpati झापामा बसको ठक्करबाट एक जनाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

सुरुङ्गा, ४ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् ।

बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका