कास्कीमा सवारी दुर्घटनामा १ जना घाइते, म्याग्दीमा एक व्यक्ति मृत अवस्थामा फेला – Samacharpati Samacharpati कास्कीमा सवारी दुर्घटनामा १ जना घाइते, म्याग्दीमा एक व्यक्ति मृत अवस्थामा फेला – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कास्कीमा सवारी दुर्घटनामा १ जना घाइते, म्याग्दीमा एक व्यक्ति मृत अवस्थामा फेला

कास्कीमा सवारी दुर्घटनामा १ जना घाइते, म्याग्दीमा एक व्यक्ति मृत अवस्थामा फेला

कास्कीमा सवारी दुर्घटनामा १ जना घाइते, म्याग्दीमा एक व्यक्ति मृत अवस्थामा फेला

पाेखरा, २९ मङ्सिर ।  म्याग्दी मंगला गाउँपालिका ५ देबीस्थान घर भएका दुर्गा राम राना विद्यालयकाे  चमेना गृहमा मृत अवस्थामा भेटिएका छन्  ।  वर्ष ४५ का  दुर्गा राम राना ससुरालीमा बस्दै आएका  थिए । शिद्व शान्ती माध्यामिक विद्यालय को चमेना  गृह खाेलेर हेर्दा   राना खाटमा सुतीरहेको अवस्थामा  मृत भेटिएका थिए । राना मृत अवस्थामा भेटिए लगतै प्रहरी लाई खबर  गरिएकाे थियाे ।  खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको बिषयमा थप अनुसनधान   गरिरहेकाे छ।

तनहुँ शुक्ला गण्डकी नगरपालिका २ कोत्रे बस्ने वर्ष ७८ को राम बहादुर थापा खाँट बाट लडेर  घाईते भएका छन्। राम बहादुर आफ्नै छोरीको घरमा बस्दै आए थिए उनि आफु सुत्ने खाँट बाट लड्न जाँदा घाईते का थिए । घाईते  थापा लाई उपचारको लागि  पोखरा मणिपाल अस्पताल पठाएको थियाे । उपचार गर्ने त्रममा घाईते  थापा लाई चिकित्सकले मृत घोषणा गरेका हुन । घटनाविषयमा तत्कालै प्रहरी टोलि खटिई अनुसन्धान गरिरहेकाे छ ।

कास्की पोखरा महानगरपालिका -८ चालिसे चोकमा ग १ ख ३६९८ नंम्बरको बसले साईकल यात्री ठक्कर दिदा घाईते भएका छन । घाईते हुने पोखरा महानगरपालिका  २८ पट्नेरी बस्ने वर्ष ३० का  गुम प्रसाद राई रहेका छन् । घाईते राई लाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकाे छ घाईते काे अवस्था मध्यम रहेकाे छ । बस चालकलाई नियन्त्रणमा लिएकाे छ थप अनुसन्धान भईरहेको छ

 

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका