मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिमपात – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिमपात

मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिमपात

मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिमपात

जोमसोम, २७ मङ्सिर । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। शुक्रबार बिहानैदेखि मुस्ताङमा हिउँ पर्न सुरु भएको हो। मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिउँ परेको छ। उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ परेको एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए।

उपल्लो मुस्ताङको लोमान्थाङ,चराङ, घमी, मराङ, छोसेर, छोनुप, सुर्खाङ, चुमजुङर, किम्लिङ, घिलिङ र समुजुङलगायतका ग्रामिण भेकहरुमा भारी हिमपात भइरहेको निमिक्त कार्यालय प्रमुख न्यौपानेले अन्नपूर्णलाई बताए। उनका अनुसार हिमपातसँगै नदी नाला घरका धारा र सेफ्टी ट्याङ्कीसमेत हिउँ र चिसोले जमेको छ। हिउँ परेपछि उपल्लो मुस्ताङको जनजीवन कष्टकर बनेको न्यौपानेले बताए।

जिल्लाको तल्लो क्षेत्र थासाङ गाउँपालिकाको घासादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा पनि १ फिट हिउँ परेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ।विभिन्न जिल्लामा हिमपात भएको अन्नपूर्ण समाचारदाताले जानकारी दिएका छन्। बैतडी, माथिल्लो डोल्पा र मनाङलगायत विभिन्न उच्च हिमाली भू-भागमा भारी हिमपात भएको छ।

source:annapurnapost

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका