सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ – Samacharpati Samacharpati सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

  • रासस
  • बुधबार, मंसिर २५, २०७६
सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

सुर्खेत, २५ मङ्सिर । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो । “घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका