कालिका मा.वि.मा बेष्ट एकेडेमीद्धारा निशुल्क सेनेटरी प्याड वितरण – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • कालिका मा.वि.मा बेष्ट एकेडेमीद्धारा निशुल्क सेनेटरी प्याड वितरण

कालिका मा.वि.मा बेष्ट एकेडेमीद्धारा निशुल्क सेनेटरी प्याड वितरण

कालिका मा.वि.मा बेष्ट एकेडेमीद्धारा निशुल्क सेनेटरी प्याड वितरण

पोखरा, २० मंसिर । पोखरा  ११ काँहुमा रहेको कालिका मा.वि.मा अध्ययनरत छात्राहरुको लागि आवश्यक सेनेटरी प्याड र कलम वितरण गरिएको छ ।

बेष्ट एकेडेमीका संचालक एवं सञ्चारकर्मी श्रीकृष्ण श्रेष्ठ तथा कार्यक्रम संयोजक तिलक काफ्लेले छात्रामैत्री विद्यालय वनाउनका लागि आफ्नो संस्थाले सो सहयोग गरेको उल्लेख गर्नुभयो । त्यस्तै स्याङ्जा भिरकोट–१, हेलु निवासी समाजसेवी पदमकुमार श्रेष्ठले कक्षा ४ देखी १० सम्म अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सत्र २०७६ /७७ का लागि आवश्यक कलम वितरण गर्नुभयो ।

सो कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बहादुर क्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तरमा यस्ता सहयोगको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । साथै विद्यालयका प्रधानध्यापक निर्मला मानन्धरले गरिबका बालबच्चा पढ्ने गरेको यस्ता विद्यालयहरुलाई निरन्तर सहयोग गर्न अनुरोध गर्नुभयो ।

बेष्ट एकेडेमी, पोखरालाई शैक्षिक नगरि बनाउने उद्देश्य सहित स्थापना भएको सस्था हो । यसले एसइई पछिको ब्रिजकोर्षका कक्षाहरु संचालन गर्ने संचालक श्रेष्ठले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका