मुस्ताङमा भारतीय नागरिकको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • मुस्ताङमा भारतीय नागरिकको मृत्यु

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

  • रासस
  • बिहिबार, मंसिर १९, २०७६
मुस्ताङमा भारतीय नागरिकको मृत्यु

पोखरा, १९ मङ्सिर । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका