नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा सचिव पक्राउ – Samacharpati Samacharpati नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा सचिव पक्राउ – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा सचिव पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा सचिव पक्राउ

  • रासस
  • बिहिबार, मंसिर १९, २०७६
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका युवा सचिव पक्राउ

गलकोट, १९ मङ्सिर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक नवराज भट्टले भन्नुभयो, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका