पाेखरामा अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा – Samacharpati Samacharpati पाेखरामा अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • पाेखरामा अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

पाेखरामा अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

  • रासस
  • शनिबार, मंसिर १४, २०७६
पाेखरामा अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा

पोखरा, १४ मङ्सिर । कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाकल रहेको बताइएको छ । आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका