२० वर्षदेखि फरार अभियुक्त पक्राउ – Samacharpati Samacharpati २० वर्षदेखि फरार अभियुक्त पक्राउ – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • २० वर्षदेखि फरार अभियुक्त पक्राउ

२० वर्षदेखि फरार अभियुक्त पक्राउ

  • रासस
  • शुक्रबार, मंसिर १३, २०७६
२० वर्षदेखि फरार अभियुक्त  पक्राउ

बेत्रावती, १३ मङ्सिर । आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । तामाङलाई प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मकवानपुर पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तामाङले विसं २०५६ भदौ २१ मा मकवानपुरमा रहँदा जन्माइएको बच्चाको हत्या गरेर फालेको अभियोगमा त्यहाँको जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । त्यसबेला अविवाहित तामाङले गर्भपतन गरेको, मृत बच्चा जन्माएको वा जन्माएर हत्या गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका