सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ

काठमाडौं, १६ जेठ । सीआईबीले थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए ।

प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित