कास्कीकोटमा बालाचतुर्दशीको दिन आज चार युगका झाकी प्रर्दशन हुने – Samacharpati Samacharpati कास्कीकोटमा बालाचतुर्दशीको दिन आज चार युगका झाकी प्रर्दशन हुने – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • कास्कीकोटमा बालाचतुर्दशीको दिन आज चार युगका झाकी प्रर्दशन हुने

कास्कीकोटमा बालाचतुर्दशीको दिन आज चार युगका झाकी प्रर्दशन हुने

कास्कीकोटमा बालाचतुर्दशीको दिन आज चार युगका झाकी प्रर्दशन हुने

पोखरा, ९ मंसिर । कास्कीकोटमा आज बालाचतुर्दशीको दिन विभीन्न युगका झाकी प्रर्दशन गरिने भएको छ । कास्कीकोट सम्पदा संरक्षण समितीको आयोजनामा सतबीज छर्ने तथा भजन कृतन गर्ने कार्यक्रमको आयोजना गरीएको सम्पदा संरक्षण समितीका अध्यक्ष ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनुभएकाे हाे ।

सत्य ,क्रेता, द्रापर र कलि युगकोको झल्को दिने गरी कास्की जिल्लाको उद्गमस्थल धामका गरामा आयोजना हुने भएको हो । अहिले विभिन्न समुहमा हाम्रा युगहरुको झाकीको तयारी भैरहेको छ हामीले यस्ता कार्यक्रम निरुन्त रुपमा संचालन गर्दै आइरहेका छौ, जहाँ सम्म लाग्छ सबैको साथ र सहयोग प्राप्त गर्ने त्रिपाठीको भनाई रहेकाे छ।

बालाचतुर्दशीका अवसरमा महाङकालेश्वर मन्दीरमा बत्ती बाल्न तथा सतबीज छर्नेको घुइचो लाग्छ । यस वर्ष मङ्सिर ८ गते आइतबार बेलुकी वैदिक सनातन हिन्दू धर्मावलम्बीले दिवङ्गत पितृका नाममा बत्ती बाल्छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान सतबीज छर्छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका