पढाउन स्कुल हिडेकी प्रधानध्यापकलाई आफ्नै भतिजले खुकुरीले हाने ! कारण यस्तो छ – Samacharpati Samacharpati पढाउन स्कुल हिडेकी प्रधानध्यापकलाई आफ्नै भतिजले खुकुरीले हाने ! कारण यस्तो छ – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • पढाउन स्कुल हिडेकी प्रधानध्यापकलाई आफ्नै भतिजले खुकुरीले हाने ! कारण यस्तो छ

पढाउन स्कुल हिडेकी प्रधानध्यापकलाई आफ्नै भतिजले खुकुरीले हाने ! कारण यस्तो छ

पढाउन स्कुल हिडेकी प्रधानध्यापकलाई आफ्नै भतिजले खुकुरीले हाने ! कारण यस्तो छ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रुमका रमेश पुनलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरी फरार भएका पुनलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमकोबीचमा रहेको खोलाबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। घटनाको विस्तृत अनुसन्धान थालिएको प्रनाउ मरासिनीले बताए।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका