चुनाव प्रचारमा निर्मलपोखरी पुगेका साझा पार्टीका टोली सरसफाईमा जुटे–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • चुनाव प्रचारमा निर्मलपोखरी पुगेका साझा पार्टीका टोली सरसफाईमा जुटे

चुनाव प्रचारमा निर्मलपोखरी पुगेका साझा पार्टीका टोली सरसफाईमा जुटे

चुनाव प्रचारमा निर्मलपोखरी पुगेका साझा पार्टीका टोली सरसफाईमा जुटे

पोखरा, २ मङ्सिर । कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा विहानदेखि साँझसम्मै पार्टीका नेता कार्यकर्ताको भीड देखिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ । आइतबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर २१ पुगेकाे थियाे । तर, आइतबार त्यहाँ पुगेको टोलीले एउटा फरक सन्देश दिएकाे छ । मतदाता भेट्न पुगेका साझापार्टीका  टोली सरसफाईमा जुटेका छन ।

तर, साझापार्टीले पहिलोपटक गरेको कार्यक्रम भने थिएन । कुनै कार्यक्रम गर्नु पहिले सरसफाइ गरिन्छ अनि मात्र कार्यक्रम सुरु हुन्छ । आइतबार पनि प्रदेश र जिल्लाको नेतृत्वमा चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटेका थिए ।

जनतामा अझै पनि चेतनाको कमी रहेको र सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाईलाई निरन्तरता दिने गरेको पार्टीका कास्की जिल्ला सदस्य एकराज न्यौपानेले जानकारी दिएका थिए । आइतबार पोखरा २१ को कृष्ति र निर्मरपोखरीमा घरदैलो गर्न पुग्दा पनि साझालीले त्यसैलाई निरन्तरता दिएका थिए । आइतबार नाच्ने चौर र निर्मलपोखरीको एक सामुदायिक विद्यालय अगाडि सरसफाइ गरिएको हो ।

पार्टीको केन्द्रिय सदस्य रहेकी मानवी पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘हामी कसरी फरक छौं । हजुर हामी र हाम्रा साथीहरु यसरी फरक छौं कि हामी राजनितीलाई समाजसेवासँग जोड्छौं, अनि यसरी जहाँ पुग्छौ, त्यहीको सरसफाईमा जुटिहाल्छौं ।’ पार्टीको घरदैलो कार्यक्रम आज पोखरा १६ भलाममा जारी रहेको जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिएका छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका