अर्घाखाँचीका एक वृद्धले चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • अर्घाखाँचीका एक वृद्धले चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

अर्घाखाँचीका एक वृद्धले चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

अर्घाखाँचीका एक वृद्धले चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

अर्घाखाँची, २ मङ्सिर । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गर्नुभएको छ । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गर्नुभएको हो । उहाँले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गर्नुभयो ।

चौरासी पूजामा खर्च नगरी जग्गानै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताउनुभयो । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ । विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गर्नुभयो ।

“एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अविभावक सङ्घका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रसंशा गर्नुभएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका