मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता पाँच जिल्लाका ३४ समूूहलाई उछिन्दै कालिगण्डकी बन्यो प्रथम – Samacharpati Samacharpati मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता पाँच जिल्लाका ३४ समूूहलाई उछिन्दै कालिगण्डकी बन्यो प्रथम – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता पाँच जिल्लाका ३४ समूूहलाई उछिन्दै कालिगण्डकी बन्यो प्रथम

मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता पाँच जिल्लाका ३४ समूूहलाई उछिन्दै कालिगण्डकी बन्यो प्रथम

मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता पाँच जिल्लाका ३४ समूूहलाई उछिन्दै कालिगण्डकी बन्यो प्रथम

पोखरा, २ मङ्सिर  । पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर पोखराको मदरल्यान्ड माविले प्रदेश स्तरीय चित्रकला प्रतियोगिता विद्यालय प्राङ्गणमा आइतबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका पाँच जिल्लाबाट ३५ विद्यालयका १०५ जना विद्यार्थीहरूले सहभागिता जनाएको उक्त कार्यक्रम शनिबार छनोट चरण र आइतबार अन्तिम चरण गरी दुई दिनसम्म सञ्चालन भएको थियो ।

प्रदेश स्तरीय यस कार्यक्रममा सबै प्रतियोगीहरूलाई उछिन्दै पर्वत, कुस्माको कालिगण्डकी माविले प्रथम स्थान हात पारको छ भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः कास्कीको श्री शीतलादेवी मावि, कास्कीकै गण्डकी आवासीय मावि र तनहूँ शुक्लागण्डकीको पञ्चमुनिदेव माविले हात पार्न सफल भएका छन् । कार्यक्रमका अवसरमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई प्रमुख अतिथि, विद्यालयका निर्देशक, प्रचार्य नारायण बराललगायतका व्यक्तित्वहरूद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कुरा कार्यक्रमका संयोजक तथा विद्यालयका मावि इन्चार्ज टेकनाथ पौडेलले जानकारी दिनुभयो ।

विद्यालयका लेखा शिक्षक गुप्तबहादुर क्षेत्री क्वीज मास्टर रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै आजको सूचना र प्रविधिको युगमा विद्यार्थीले विश्वमा उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने कुरा आफ्ना मन्तव्यमा व्यक्त गर्नुभएको थियो ।

विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा मावि इन्चार्ज टेकनाथ पौडेलले गर्नुभएको थियो । साथै विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका