हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमाई – Samacharpati Samacharpati हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमाई – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमाई

हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमाई

हलिउड चलचित्र ‘जोकर’ले १ विलियन डलर कमाई

१ मङ्सिर । हलिउड चलचित्र ‘जोकर’ले बम्पर कमाई गरेको छ । यो चलचित्रले विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गरेको हो । साथै, १ विलियन डलर कमाउने यो छैटौ चलचित्र समेत बनेको छ । यो चलचित्रले घरेलु बजारमा ३४० मिलियन डलर र ओभरसिजमा ८२० मिलियन डलर कमाई गरिसकेको छ ।

यो चलचित्रको हालै मात्र भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन समेत गरिएको थियो । जहाँ, यो चलचित्रलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ समेत मिलेको थियो ।

‘एभेन्जर्स इन्डगेम’पछि यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र समेत ‘जोकर’ बनेको छ । यो चलचित्रमा जोकिन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाहा गरेका छन् । उनको यो भूमिकाको समेत सर्वत्र प्रशंसा भैरहेको छ ।
source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका