निशुल्क उपहार कुपनको नतिजा सार्वजनिक, कुपन नं. ०९३१० लाई नगद रु.५० हजार – Samacharpati Samacharpati निशुल्क उपहार कुपनको नतिजा सार्वजनिक, कुपन नं. ०९३१० लाई नगद रु.५० हजार – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • निशुल्क उपहार कुपनको नतिजा सार्वजनिक, कुपन नं. ०९३१० लाई नगद रु.५० हजार

निशुल्क उपहार कुपनको नतिजा सार्वजनिक, कुपन नं. ०९३१० लाई नगद रु.५० हजार

निशुल्क उपहार कुपनको नतिजा सार्वजनिक,  कुपन नं. ०९३१० लाई नगद रु.५० हजार

पाेखरा, १ मङ्सिर । कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७६ को नतिजा सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा संचालित उपहार कुपन कार्यक्रममा सहभागी मध्ये कुपन नं. ३०३५९ लाई प्रथम पुरस्कार परेको छ । यस्तै कुपन नं. ०९३१० लाई द्धितिय र कुपन नं. ३१९८६ लाई तृतिय पुरस्कार परेको छ । एशोसियसनका अनुसार विजेताले पुरस्कार नगद रु.५० हजार, उपविजेताले नगद रु.३० हजार र तृतिय हुने ग्रहाकलाई नगद रु. २० हजार प्रदान गरिने छ ।

यस्तै कुपन नं. २१९९९, २९७८१, ३२०७९, ११००५, १८९७१, २६७७२, १५४३०, ०७१३७, ३३०४७ र ३०७३२ लाई सान्त्वना पुरस्कार परेको छ । उनिहरु सान्त्वना पुरस्कार स्वरुप आकर्षक पुरस्कार प्रदान गरिने उपहार कुपन कार्यक्रमका संयोजक एंव एशोसियसनका महासचिव धर्ममानसिंह भण्डारीले बताउनुभयो । ४० हजार भन्दा धेरै ग्रहाकहरुले प्रत्यक्ष सहभागीता जनाएको उक्त कार्यक्रम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति सहयोगार्थ संचालन गरिएको एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले व्यवसायीहरु राज्यको अनुचित कर प्रणलीका कारण समस्यामा रहेको उल्लेख गर्दै व्यवसायीक हितका खातिर आफुहरु चिन्तित रहेको बताउनुभयो । व्यवसायीका समस्याहरु समाधानका लागि सम्बन्धित निकायमा आवाश्यक समन्वयका लागि आफुहले सहयोग गर्ने अध्यक्ष लामिछानेले बताउनुभयो । पोखरा उद्योग वाणीज्य संघकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले उपभोक्ताहरुको हितमा व्यवसायीहरुले सामाजिक उत्तरदायित्वको समेत ख्याल गर्दै उपहार कुपन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको प्रति खुसि व्यक्त गर्नुभयो ।

कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष नविन नापित, पुर्व अध्यक्ष रामचन्द्र गौतम र कस्मेटिक व्यवसायी संघका अध्यक्ष उमापति ढकाल लगायतले बोल्नुभएको थियो । एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ र संचालन सचिव रामचन्द्र तिमिल्सीनाले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका