मुस्ताङ दामोदरकुण्डकाे ताङग्यामा मोबाइल सेवा विस्तार – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • मुस्ताङ दामोदरकुण्डकाे ताङग्यामा मोबाइल सेवा विस्तार

मुस्ताङ दामोदरकुण्डकाे ताङग्यामा मोबाइल सेवा विस्तार

  • रासस
  • सोमवार, कार्तिक २५, २०७६
मुस्ताङ दामोदरकुण्डकाे ताङग्यामा मोबाइल सेवा विस्तार

ठिनी (मुस्ताङ), २५ कात्तिक । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ । नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो । पैँतीस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी महेन्द्र गुरुङले बताउनुभयो ।

विद्युत् सुविधा नभएकाले सौर्य ऊर्जा जडान गरेर टावरमा विद्युत् आपूर्ति गराइएको छ । यसअघि यहाँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित थिए । अहिले. उनीहरूलाई फोन गर्न अग्ला डाँडा र टावरले टिप्ने छिमेकी गाउँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष राजु विष्टले उक्त सेवा शुभारम्भ गर्दै ताङग्यामा यसै वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिने बताउनुभयो । उक्त गाउँपालिकाको ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँमा अझै सञ्चार सुविधा पुगेको छैन । यसैवर्ष यी बस्तीमा मोबाइल सेवा विस्तार गरिने उक्त शखाले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका