झापामा करेन्ट लागेर एकको मृत्यु – Samacharpati Samacharpati झापामा करेन्ट लागेर एकको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • झापामा करेन्ट लागेर एकको मृत्यु

झापामा करेन्ट लागेर एकको मृत्यु

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
झापामा करेन्ट लागेर एकको मृत्यु

बनियानी, २२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ ।

आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका