नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश – Samacharpati Samacharpati नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश

कनकाई, १९ कात्तिक । नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफ टोलीलाई पराजित गर्दै ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको क्वाटरफाइनलमा पुलिस क्लबले एपीएफलाई ५–४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय ‘टाइब्रेकर’बाट गरिएको थियो । पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवालले गोल गरेका थिए । एपीएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवि थिङले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा एपीएफले गोल गर्दै अग्रता लिएको थियो । उसका लागि हरि कार्कीले गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा पुलिसले गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । पुलिसका लागि भोला सिलवालले गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ भएका सिलवालले रु १० हजार पुरस्कार प्राप्त गरे । बुधबार त्रिभुवन आर्मी क्लब र भारत आसामको मोलवे एफसीबीच खेल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका