सुकुटे बस दुर्घटनामा ६ को निधन – Samacharpati Samacharpati सुकुटे बस दुर्घटनामा ६ को निधन – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • सुकुटे बस दुर्घटनामा ६ को निधन

सुकुटे बस दुर्घटनामा ६ को निधन

सुकुटे बस दुर्घटनामा ६ को निधन
दोलखाको मागेदेउरालीबाट आइतबार काठमाडौँतर्फ आउँदै गर्दा सुकुटेस्थित सुनकोशीमा खसेर दुर्घटनाग्रस्त भएको बस र यात्रुको डुङ्गाबाट उद्धार गरिँदै । तस्बिरः देवराज सुवेदी

दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् ।

बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताउनुभयो ।

बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।

— रासस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका