हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु – Samacharpati Samacharpati हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

  • रासस
  • शनिबार, कार्तिक १६, २०७६
हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

भद्रपुर, १६ कात्तिक ।  झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका