राजवंशी रङ्गशालामा शनिबारदेखि ‘अन्तर्राष्ट्रिय गोल्डकप' फुटबल सञ्चालन – Samacharpati Samacharpati राजवंशी रङ्गशालामा शनिबारदेखि ‘अन्तर्राष्ट्रिय गोल्डकप' फुटबल सञ्चालन – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • राजवंशी रङ्गशालामा शनिबारदेखि ‘अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल सञ्चालन

राजवंशी रङ्गशालामा शनिबारदेखि ‘अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल सञ्चालन

राजवंशी रङ्गशालामा शनिबारदेखि ‘अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल सञ्चालन

कनकाई, १५ कार्तिक  झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ ।

यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि आठ वटा टोलीले सहभागिता जनाउने बताएको थियो । पछिल्लोपटक आयोजकले आफ्नो टोली पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् । प्रतियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय टोली सिक्किम आक्रामक र सङ्कटा क्लब मोलवे आसामको सहभागिता रहने बताइएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।

असोज दोस्रो सातादेखि प्रतियोगिता शुरु हुने तयारी गरिए पनि मौसमको प्रतिकूलताका कारण खेल स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको बताइएको छ । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल खेल हुने गरी प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगिताका लागि लगभग पाँच हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिनुभएको छ । दश हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइएको छ । खेल संयोजक राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ‘ब्रान्ड एम्बेसेडर’ बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही रु १५ हजार नगद पुरस्कार पाउनेछन् ।

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र विर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गर्नुभएको हो । प्रतियोगिताको विजेताले नगद रु १२ लाख ५० हजार पुरस्कार र उपविजेताले रु ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले बताउनुभएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका