प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा गरियो डायलिसस – Samacharpati Samacharpati प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा गरियो डायलिसस – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा गरियो डायलिसस

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा गरियो डायलिसस

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा गरियो डायलिसस

काठमाडौँ,  १४ कार्तिक ।  मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको डायलसिस गरिएको छ । दिनभरी सघन कक्षमा राखेर उपचार गरिएपछि बुधबार ओलीको डायलिसस गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान राजधानी काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो।

यद्यपी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह र ग्रााण्डीका मेडिकल डाइरेक्टर डा.चक्रराज पाडेले बुधबार साँझ प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

सो सँयुक्त प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य समस्याबारे केही पनि खुलाइएको छैन। तर, विभिन्न अनौपचारिक स्रोतहरुले भने बुधबार साँझ प्रधानमन्त्री ओलीको डायलसिस गरेको दावी गरेका छन्। यो विषयमा प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन। १२ वर्षअघि मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। हालै भदौमा ओली दुई पटक सिंगापुर पुगेर उपचार गराएर फर्किएका थिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका