पोखरा, १० कार्तिक । लायन्स क्लब अफ पोखरा अञ्जुलीले कास्की नेत्रहीन संघलाई सेतोछडी वितरण गरेको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष राजनकुमार क्षत्रीको सौजन्यमा कास्की नेत्रहीन संघलाई ९ वटा सेतो छडी प्रदान गरेकाे छ । सोही अवसरमा लायन्स क्लब अफ स्वीन्डन चौतारी बेलायतका अध्यक्ष रमेश बास्तोलाले कास्की नेत्रहीन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदीलाई नगद रु. १०,००० सहयोग रकम हस्तान्तरण गरेका छन ।
पोखरा ९चिप्लेढुंगास्थित नेपाल नेत्रज्योति संघले आयोजना गरेको मैत्रीपूर्ण देउसीभैली कार्यक्रमको अवसरमा लायन्स क्लब अफ पोखरा अञ्जुलीका पूर्व अध्यक्ष जोन ७९ का जोन चियरपर्सन लायन्स अध्यक्ष अमृतशोभा खत्रीको संयोजकत्वमा लायन्स क्लब अफ पोखरा अञ्जुलीका अध्यक्ष लायन्स कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा नेत्रहीन संघलाई छडी तथा नगद सहयोग प्रदान गरिएको थियो ।
मदनकृष्ण सिलवाल