मासिक सय अभियान नेपाल (म्यान) तेस्रो वर्षमा प्रवेश–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • मासिक सय अभियान नेपाल (म्यान) तेस्रो वर्षमा प्रवेश

मासिक सय अभियान नेपाल (म्यान) तेस्रो वर्षमा प्रवेश

मासिक सय अभियान नेपाल (म्यान) तेस्रो वर्षमा प्रवेश

काठमाडौँ, १० कार्तिक । मासिक १०० अभियान नेपाल (म्यान)संस्थाले आफ्नो तेस्रो साधारणसभा भव्यताको साथ सम्पन्न गरेको छ । गोकर्णश्वर ८ राधाकृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रमबीच संस्थाले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष सञ्जय पोखरेल, उपाध्यक्ष तारादेवी फुयाल, सचिव सीमा नेपाल, सहसचिव विकास श्रेष्ठ कोषाध्यक्ष जगन्नाथ चालिसे,सदस्यहरुमा कविन्द्र न्यौपाने,द्धारिका प्रसाद चालिसे, उर्मिला अधिकारी, कविता अर्यालगायत
९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुंगानाको प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष सञ्जय पोखरेलको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका धार्मिक संयोजक दिवाकर भण्डारी विशेष अतिथिको रुपमा उपस्थिति भएका थिए । सो कार्यक्रममा अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजीव थापा, साहित्यकार बाजुराम पौडेल, जेष्ठ नागरिक समाजका अध्यक्ष श्यामप्रसाद खतिवडा, लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीका सचिव मदनकृष्ण सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा आजीवन सदस्यहरुलाई प्रशंशापत्र समेत वितरण गरिएको थियो । साथै,जन्मदिन पर्ने जेष्ठ नगारिकहरुकाे जन्मदिवस मनाइएकाे थियाे भने भजनकीर्तन समेत प्रस्तुत गरिएको थियो । हालसम्म संस्थामा १०१ आजीवन सदस्य र ११५ साधारण सदस्य गरी कुल २१६ सदस्य छन् । संस्थाले मासिक सहयोग अभियानबाट संकलित रकम शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सेवा कार्यक्रममा सदस्यहरुबाट माग भएअनुसार आवश्यक परेको क्षेत्रमा खर्च गर्दै आइरहेको संस्थाका अध्यक्ष सञ्जय पोखरेलले बताएका थिए । संस्थाले मासिक रुपमा जेष्ठ नागरिकसँग नातिनातिना कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । सो अवसरमा बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसरमा प्रदान गरिएको संस्थाका अध्यक्ष पोखरेलले बताएका थिए।

मदनकृष्ण सिलवाल

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका