एन्फोस्र्ड फाउन्डेशन तथा कर्मफ्लाईटस् फाउन्डेशनको संयुक्त आयोजनामा ५ दिवशिय शिक्षक तालिम सम्पन्न–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • एन्फोस्र्ड फाउन्डेशन तथा कर्मफ्लाईटस् फाउन्डेशनको संयुक्त आयोजनामा ५ दिवशिय शिक्षक तालिम सम्पन्न

एन्फोस्र्ड फाउन्डेशन तथा कर्मफ्लाईटस् फाउन्डेशनको संयुक्त आयोजनामा ५ दिवशिय शिक्षक तालिम सम्पन्न

एन्फोस्र्ड फाउन्डेशन तथा कर्मफ्लाईटस् फाउन्डेशनको संयुक्त आयोजनामा ५ दिवशिय शिक्षक तालिम सम्पन्न

पाेखरा, ८ कातिक । शिवशक्ति क्याम्पस फूलबारी–११ तथा राष्ट्रिय शिक्षक तालिम (एन्फोस्र्ड)फाउन्डेशन तथा कर्मफ्लाईटस् फाउन्डेशनको संयुक्त आयोजनामा   नेदरल्याण्ड स्थित केपिजे विश्वविद्यालय ÷ थिओला फाउन्डेशनको सहकार्यमा सञ्चालित ५ दिवशिय शिक्षक तालिम तथा कार्यशाला बिहिबार समापन गरिएको छ । शिवशक्ति मा. वि का शिक्षकहरु गत वैशाखमा टिचर्स इन पोखरा (टिआइपी) सम्मेलनमा सहभागी विद्यालयका शिक्षकहरु त्था एन्फोस्र्ड फाउन्डेशनमाआबद्ध ५ वटा स्टार स्कूल तथा तिनका स्यारेलाइट कूलका गरि जम्मा १०७ जना शिक्षकहरुले शिक्षामा सहकार्य नँया आयाम मुख्य टिममा पुनर्ताजकिरण तथा पृष्ठपोषण सहितको तालिम प्राप्त गरे ।

साथै आगामी वैशाखबाट २.५ वर्षे सम्म सञ्चालन हुने तालिम कार्यक्रमको लागि समयसापेक्ष तथा व्यवहारिक तालिमको लागि एक्काइसौ शताब्दिका विश्वनागरिक जस्ता नँया विषयवस्तु समेत समावेश गरि नँया पाठ्यक्रम बनाउने प्रयास स्वरुप नेपाल र युरोपका पाठ्यक्रम विज्ञ, शिक्षक तथा विद्यार्थीको समुहले अबको पाठ्यक्रमलाई कसरी बढि व्यवहारिक बनाई सिकेका कुरालाई कक्षाकोठामा सजिलै प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा समूहगत छलफल गरि नँया पाठ्यक्रमको प्रारुप तयारी गर्ने गरि एन्फोस्र्ड कास्कीले सरोकारवालाहरुसँग सहजीकरण गरि नँया पाठ्यक्रम बनाउने र शिक्षक तथा विद्यार्थीहरु सँगै बसेर २.५ वर्षे अतिरिक्त अन्तराष्ट्रिय शिक्षक तालिम कोर्ष गर्न बताइएको छ ।

उक्त कार्यशालाको क्रममा नेपालका पाठ्यक्रम विज्ञ प्रा.डा. तिर्थराज पराजुलीले पाँच दिनुको तालिममा आफूले धेरै कुरा सिक्नु र अनुभव बाड्न पाएको बताउँदै अवको शिक्षालाई एक विद्यालय,क्याम्पस विरोध तथा राष्ट्र विशेषका भन्दा पनि अन्तराष्ट्रिय मापदण्डको र २१ औ शताब्दी शिघ्रातिश्य बँदलिदोका दुनियामा भोलीका चुनौतीको विचपनि प्रतिस्पर्धा गर्न सक्ने विश्वनागरिक बनाउन सवैले चिन्तन गर्नुपर्ने बताएका थिए । केपिजे विश्व विद्यालयका प्रा. थिओ हलसोफले प्रमुख वक्ताको रुपमा बौल्दै शिक्षकहरुलाई आजका बालबालिकालाई कस्तो बनाउने भन्ने महत्वपूर्ण दृष्टिकोणको जिम्मेवारी भएकोले भविष्यको लागि समय लगानी गर्न र जाँगरुक भएर रुपमा साकार पनि सक्रिय हुन सुझाव दिए । सोही विश्वविद्यालयका अर्का प्रा. दिर्की भिजरले हरेक दिन विभिन्न विषयमा सहजीकरण गर्नुका साथै डच शिक्षक प्रणालीकोबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

युनिर्भरसिटी अफ म्यालेन्सिया स्पेनका विद्यार्थी शिक्षक द्य सारा पेल्स र इरेने लारेजले स्पेनका, शिक्षा पद्धति संवन्धि प्रस्तुतिकरण दिएको थिए । भने पाठ्यक्रम विज्ञ प्रा.डा तीर्थराज पराजुलीले नेपालको त्रिभुवन विश्व विद्यालयको फ्याकेल्टी अफ एजुकेशनको शिक्षक शिक्षा कार्यक्रमको बारेमा धन्यवाद ज्ञापन गदै यस तालिम कार्यक्रम फोकल पर्सन तोलाकान्त न्यौपाने तालिम कार्यक्रम आफूले सोचे भन्दा धेरै राम्रो फलदाई र सहभागिता, व्यवस्थापन र विषयवस्तुको छलफलको हिसावले धेरै सफल भएको बताँउदै तालिमलाई सहयोग पुर्याउदै आयोजक एन्फोस्र्ड , कर्मफ्लाइटस् पाँचवटा स्टार स्कूलहरु र खास गरि भास्कर मेमोरियल स्कूल फूलबारी पोखरालाई तालिम अवधि भर खाजा व्यवस्थापन २०६६ चैत्र वैशाखमा शुरु भइ वर्ष सम्म कोर्षको रुपमा सञ्चालित हुने । उक्त तालिमले वि.एड . तहाके अतिरिक्त १०० क्रेडिट आवर बरावरको मान्यता पाउने गरि त्रि.वि सँग छलफल भईहेको तालिमका प्रवक्ता एंव कार्यक्रम सञ्चालक युवराज त्रिपाठीले बताएका थिए ।

उक्त तालिममा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्यायनरत शिक्षकहरु , शिवशक्ति क्याम्पस तथा अन्य वि.एड तहमा प्राध्यापक गर्ने शिक्षकहरु, वि.एड तहमा अध्ययनरत विद्यार्थीहरुलाई २ वर्षेको अवधिमा ४ चरणमा १÷१ हप्तामा व्यवहारिक तालिम दिइने छ । भने उक्त तालिम निशुल्क हुने शिवशक्ति क्याम्पसमा वि.एड पढि शिक्षक बन्न सक्ने योग्य ,जेहेन्दार र निम्न आय स्तर भएका विद्यार्थी छनोट गरि छात्रवृत्ति दिने एन्फोस्र्डका सचिव प्रेम ब. कुँवरले जानकारी दिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका