पोखरा, ८ कार्तिक । नेपालीहरुको महान चाड तिहार अर्थात दिपावली सुरु भएसंगै पोखराको बजारमा चहलपहल सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक पर्ने सरसामान किन्नको लागि सर्वसाधरणको घुईचो लागेको छ भने व्यापारीहरुलाई सामान बेच्न भ्याईनभ्याई भएको छ ।
झिलिमिली पर्वको रुपमा लिईने तिहारको अवसरमा विशेष गरि भाइपोका, रंग, रग्यौली, माला, तामा र चाँदीका भाँडा, ढाका टोपी लगायत कपडाका पसलमा बढी पोखरेलीको भिड देखिएको छ ।
तिहारमा विशेष गरि दिदी भाईले टिका लगाएपछि उपहार लिनेदिने परम्परा रहेको छ । तिहारमा भाईपोकाको पनि निकै महत्प पाइएको । तिहारको मौकामा पोखराका विभिन्न डिपार्टमेण्टल स्टोर देखि सामान्य सडकको पेटीमा यतिबेला भाईपोका, ओखर, रंग, झिलिमिली बत्ती लगायतका तिहार बिशेष सामाग्री देख्न पाईन्छ ।