पाेखराबाट ३३ ताेला सुन सहित एक जना व्यक्ति सम्पर्क बिहिन – Samacharpati
Samacharpati
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • पाेखराबाट ३३ ताेला सुन सहित एक जना व्यक्ति सम्पर्क बिहिन

पाेखराबाट ३३ ताेला सुन सहित एक जना व्यक्ति सम्पर्क बिहिन

गोरखा एण्ड बराह ज्वेलर्समा काम गर्ने रञ्जन राजवंशीको खोजि सुरु भएको प्रहरीको भनाई

पाेखराबाट ३३ ताेला सुन सहित एक जना व्यक्ति सम्पर्क बिहिन

पाेखरा, ७ कातिक । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा कार्यरत ३७ वर्षीय रञ्जन राजवंशी ज्वेलर्सको ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।

भारतको कलकत्ता घर भएका उनी बुधबारदेखि ३३ तोला सुनसहित सम्पर्कविहीन भएका हुन् । कम्पनीका पोखरा न्यूरोडको पसलबाट ३३ तोला सुनका गहना लिएर दिउँसो ३ बजे गहना बनाउने स्थान सृजनाचोक हिडेकोमा उनी बिहीवारसम्म सम्पर्क नआएको जानकारी कम्पनीले प्रहरीलाई दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले राजवंशीको खोजी भइरहेको जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका