धनुषामा गोली चल्यो, ठेकदारले गरे ठेकदारकै हत्या – Samacharpati Samacharpati धनुषामा गोली चल्यो, ठेकदारले गरे ठेकदारकै हत्या – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • धनुषामा गोली चल्यो, ठेकदारले गरे ठेकदारकै हत्या

धनुषामा गोली चल्यो, ठेकदारले गरे ठेकदारकै हत्या

धनुषामा गोली चल्यो, ठेकदारले गरे ठेकदारकै हत्या

काठमाडौं, ६ कात्तिक । धनुषाकोमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारलाइ गोली हानी हत्या गरेको समाचारमा उल्लेख छ ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान साढे ९ बजे बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले बताउनुभयो ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका